काठमाडौँ- स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी युरोपको शीर्ष पाँच लिग उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन्। गएराति रियललाई स्पेनिस ला लिगाको उपाधि दिलाएसँगै एन्सेलोटी पाँच युरोपियन लिग जित्ने पहिलो प्रशिक्षक बनेका हुन्।
यसअघि पनि एन्सेलोटीले आफ्नो प्रशिक्षणमा इंग्लिस प्रिमियर लिग, इटालियन सिरी ‘ए’, जर्मन बुन्डेस लिगा र फ्रेन्च लिग वानको उपाधि जिताइसकेका छन्।
एन्सेलोटीले चेल्सीबाट प्रिमियर लिग तथा एसी मिलानबाट सिरी ‘ए’ उपाधि जितेका थिए। यस्तै, उनले पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट लिग वान र बायर्न म्युनिखबाट बुन्डेस लिगा उपाधि जिताइसकेका छन्।