एमाले रुकुमपूर्वको अध्यक्षमा ओली

रुकुम - नेकपा (एमाले)को नयाँ जिल्ला कार्य समिति चयन भएको छ। एमालेको आठौँ जिल्ला अधिवेशनले टोपबहादुर ओलीको अध्यक्षतामा ९५ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो। ओली यसअघि पनि जिल्ला कार्य समितिको अध्यक्ष थिए। 

नयाँ जिल्ला कार्य समितिको उपाध्यक्षमा दामप्रसाद श्रेष्ठ, सचिवमा गोपाल रेउले, उपसचिवमा भावना विसी र तेजेन्द्र बुढा चयन भएका छन्। उपसचिव बुढा पनि जिल्ला कार्यसमितिको पुरानै अनुहार हो । पदाधिकारीमा उपाध्यक्ष, सचिव र महिला उपससचिव नयाँ आउएका हु। 

रुकुमकोटमा फागुन २७ गते उद्घाटन भएको एमालेको आठौँ अधिवेशनले चार दिनसम्मको निरन्तर छलफलपछि नयाँ कार्य समिति टुङ्ग्याएको हो।  एमालेले केही हिमाली जिल्लामा बाँकी राखेर अन्य सबै जिल्लामा गएको पुस २३ गते जिल्ला अधिवेशन गरेको थियो। यस जिल्लमा पाँच पदाधिकारीसहित ६५ सदस्यीय जिल्ला कार्यसमति चयन गर्ने भनिए पनि आकांक्षीहरू धेरै भएपछि ९५ जनाको जिल्ला कार्य समिति बनाइएको एमालेले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×