लेस्टर सिटी साउथह्याम्पटनसँग पराजित

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लेस्टर सिटीले हार व्यहोरेको छ। शनिबार राति सम्पन्न खेलमा लेस्टर साउथह्याम्प्टनसँग आफ्नै मैदानमा २-१ गोलले स्तब्ध बनेको हो।

साउथह्याम्प्टनलाई जित दिलाउन खेलको ६८ औं र ८४ औं मिनेटमा चे आडम्सले गोल गरेका थिए। ५४ औं मिनेटमा जेम्स म्याडिसनले गोल गरेपनि लेस्टरको हार टार्न सकेनन्।

जितसँगै साउथह्याम्प्टन ३ खेलबाट ४ अंकसहित १२ औं स्थानमा रहेको छ। समान खेल खेलेको लेस्टर १ अंकसहित १८ औं स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×