काठमाडौँ -प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट अन्तर्गत त्रिवि खेल मैदान कीर्तिपुरमा आर्मी र सुदूरपश्चिम भिड्दैछन्।
आर्मीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। सुदूरपश्चिम र आर्मी दुबै टोली पहिलो जितको खोजीमा रहेका छन्। यसअघि पहिलो खेलमा एपीएफसंग पराजित भएको आर्मी आज दोस्रो खेल खेल्दैछ।
सुदूरपश्चिम यसअघि खेलेका दुबै खेलमा पराजित भएको थियो। एपीएफ र गण्डकी प्रदेशसंग पराजित सुदूरपश्चिम पहिलो जितको खोजीमा रहेको छ।