प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा जनमत पार्टी र जनता समाजवादी पार्टीका निवर्तमान सांसदहरूले पनि हस्ताक्षर गरेका छन्। सर्वोच्च अदालतमा बुझाइने पूरक निवेदनका लागि उनीहरूले हस्ताक्षर गरेका हुन्। कांग्रेसका ६५ र एमालेका ७५ सांसदको हस्ताक्षरसहित कुल १४३ सांसद पुनर्स्थापनाको पक्षमा उभिएको देखिएको छ, जुन २७५ सदस्यीय प्रतिनिधिसभाको बहुमत हो।