भलिबल क्लब लिग: पुलिसका दुवै टोली विजयी

काठमाडौँ- नेपाल पुलिस क्लबको महिला तथा पुरुष टोलीले राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा जित निकालेका छन्। राष्ट्रिय खेलकुद परिषद्मा बुधबार सम्पन्न महिलातर्फ पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई २५–१८, २५–१९, २५–१४ ले हरायो । पुरुषमा पु्लिसले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित गरेको हो।

महिलातर्फको अर्को खेलमा नेपाली सेनाले न्यु डायमन्ड क्लबलाई २५–१६, २५–१२, २५–१२ ले पराजित गरेको छ। महिलातर्फ पुलिस र सेनाले समान तीन खेलबाट ६ अंक बनाएका छन्। नेपाल एपिएफ क्लबले तीन अंक हात पारेको छ। एभरेस्टले दुई अंक र न्यु डायमन्डले एक अंक बटुलेको छ। 

राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा भएको प्रतियोगिताको पुरुषतर्फ हेल्प नेपालले एपिएफमाथि ३–१ को जित निकाल्यो। हेल्प नेपालले एपिएफलाई २५–२२, २५–१९, २८–३० र २५–२३ ले पराजित गरेको हो। पुरुषतर्फ पुलिसले सर्वाधिक नौ अंक जोडेको छ। नेपाली सेनाले नौ तथा हेल्प नेपालले आठ अंक हात पारेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×