आजको मौसम पूर्वानुमान

काठमाडौँ - हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रहेको छ। 

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ।

आज राति भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×