काठमाडौँ - नेपालमै पहिलो पटक द क्लिफ प्रा.लिले स्काई ग्लाइडिङ एडभेन्चर खेल सञ्चालन ल्याएको छ। विभिन्न एडभेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको कम्पनीले कुश्मामा नयाँ साहसिक खेल ‘स्काई ग्लाइडिङ’ समेत सञ्चालनमा ल्याएको हो।
स्काई ग्लाइडिङका लागि करिब १ सय मिटर लामो डोरीको दुईतर्फ टावर निर्माण गरिएको छ। एउटा टावरबाट अर्को टावर जानका लागि तल्लो डोरीमा स्केट बोर्ड राखेर टेक्ने र शरीरमा हार्नेस बाँधेर क्याराविनरको मद्दतले लठ्ठा (फलामे डोरि) माथी घिर्निमा झुण्डिदै एक टावरबाट अर्को टावरसम्म चिप्लिँदै पुग्न सकिन्छ।
टावरमा समानान्तर दुई डोरी भएकाले एकै पटकमा दुई जना सँगै खेल्न सकिन्छ। स्काई ग्लाइडिङ खेल्न प्रतिव्यक्ति बाह्र सय लाग्नेछ। उक्त शुल्कमा सेवाग्राहीले थ्री सिक्स्टी क्यामेराले कैद गरेको फोटो र भिडियो समेत प्राप्त गर्ने कम्पनीले बताएको छ।
एडभेन्चरका पारखी आन्तरिक पर्यटकलाई नयाँ अनुभव दिने उदेश्यले स्काई ग्लाइडिङ सञ्चालनमा ल्याएको द क्लिफ प्रालिका अध्यक्ष राजु कार्की बताएका छन्।