पद्मश्री साहित्य पुरस्कारका लागि छानिए १५ पुस्तक

काठमाडौँ - पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकमध्येबाट उत्कृष्ट १५ सूची घोषणा गरिएको छ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छनोट गरेको हो। दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने छ। राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामा रहेको तीन सदस्यीय निर्णायक समितिले १५ पुस्तक छनोट गरेको हो।

पुस्तकहरूको नाम अकारादि क्रममा यसप्रकार रहेका छन्।

कृति​​​​​ र लेखकहरुः
१.अग्नि​​​​ - डा. नवराज लम्साल
२.अर्को भोर​​ - केशवराज ज्ञवाली
३.एक सम्बोधन समयमाथि​​ - दीनानाथ शर्मा
४.काफ्काको काम सकियो​​ - राजव
५.गुरु​​​​ - कविता राई
६.छाइल​​​ - लोकराज भट्ट
७.ताल्चा​​​ - दिलिप बान्तवा
८.निनाद वल्लरी​​​ - अलका आत्रेय
९.पैतालामा हिउँ, आँखामा हिमाल​ - राजेन्द्रमान डङ्गोल
१०.भिक्षुसँग - प्रेम​​​ उषा हमाल
११.भोजपुरको वाङ्मय​​ - डा. विप्लव ढकाल
१२.महाभारा​​​ - बसन्त बस्नेत
१३.मिथ्या​​​ - दीपक पराजुली
१४.यादहरूको सङ्ग्राहलय​​ - केवल बिनाबी
१५.सत्यमोहन​​​ - गिरीश गिरी

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×