राखेपका सदस्यसचिव सिलवाललाई काममा फर्किन सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमा फर्किन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले आज (बुधवार) राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई बर्खास्ती गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न तथा उहाँलाई काममा फर्किन अन्तरिम आदेश दिएको हो ।

सिलवाललाई गत कात्तिक १ गते बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्ती गरेको थियो ।

आफूलाई सरकारले गरेको बर्खास्तीका विरुद्ध सिलवालले गत कात्तिक २८ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×