आईसीसी टी–२० विश्वकप : युगाण्डाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी– २० विश्वकप क्रिकेट अन्तर्गत आज (मंगलबार) बिहान अफगानिस्तान र युगाण्डाबीच खेल हुँदैछ । आजको खेलमा युगाण्डाले टस जितेर फिल्डिङ रोज्दै अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको छ ।

जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । आज पहिलो खेल समूह ‘सी’ अन्तर्गत अफगानिस्तान र युगाण्डाबीच हुँदैछ । गुयानास्थित प्रोभीडेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान ६ः १५ बजेदेखि शुरु हुनेछ । त्यस्तै आज दोस्रो खेल समूह ‘बी’ अन्तर्गतको इङल्याण्ड र स्कटल्याण्डबीच हुँदैछ । बार्बाडोसस्थित केन्सिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राति ८ः १५ बजेदेखि शुरु हुनेछ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×