भारत। दक्षिण भारतीय चलचित्रका अभिनेता 'बाहुबली' प्रभास र अभिनेत्री पूजा हेगडेको आउँदो चलचित्र ‘राधे श्याम’ निकै चर्चामा रहेको छ। बहुप्रतिक्षित चलचित्र ‘राधे श्याम’लाई कोरोना महामारीले असर गरेको छ। जनवरी १४ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र कोरोनाका कारण पछी सरेको छ।
बिभिन्न ठुला बजेटका चलचित्रहरुको प्रदर्शन मिती सरिरहेको बेलामा ‘राधे श्याम’ पनि पछी हटेको हो। चलचित्रको पर्खाईमा बसेका दर्शकहरुले अब चलचित्र मार्च ११ मा हेर्न पाउने भएका छन्। सामाजिक सञ्जाल मार्फत निर्माण पक्षले यो कुराको जानकारी दिएको हो।