पाल्पा - पाल्पा जिल्लाको रम्भामा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। रम्भा गाउँपालिका वडा नं.३, स्थित कालीगण्डकी कोरिडोर सडक खण्डमा आईतबार बेलुकी ७ बजे भएको दुर्घटनामा रम्भा–१, हुँगीका १७ वर्षका विशाल थापाको मृत्यु भएको हो।
थापाको उपचारको क्रममा लुम्विनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। रम्भाको पीपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको लु ४ त ७९१६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चारजना घाइते भएको प्रहरीले जनाएको छ।
ट्रयाक्टरमा सवार रहेका रामपुर–१, बस्ने २४ वर्षका दिलबहादुर घर्ती सोही स्थानका १६ वर्षका युवराज घर्ती, रम्भा–१, असर्दी बस्ने १८ वर्षका पूर्णबहादुर बोटे र १९ वर्षका विवेक थापा घाइते भएका छन्। दुर्घटनापछि ट्रयाक्टरका चालक फरार रहेको प्रहरीले जनाएको छ।