काठमाडौँ - ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत “केशरी केशरी” सार्वजनिक भएको छ। गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको स्वर रहेको छ।
गितमा शब्द विश्व गौडेलको र संगित बिष्णु भट्टकै रहेको छ। ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टी खड्काको अभिनय रहेको छ।
गीतको भिडियोलाई ऋषि राज आचार्यले निर्देशन तथा महेश्वर आचार्य,रितु आचार्य र राजेन्द्र खातीले सह- निर्देशन गरेका छ्न। भिडियोमा मोहनकुमारको छयांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ। यस गीतलाई मिक्सिङ / मास्टरिङ र एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन भने पृज्मा स्टुडियोमा रेकर्ड भएको हो।