'सम्राट पृथ्वीराज' फ्लप, मानुषी हिट

काठमाडौँ - पूर्व मिस वल्र्ड र अभिनेत्री मानुषी छिल्लरले अभिनेता अक्षय कुमारका साथ फिल्म ‘सम्राट पृथ्वीराज’बाट बलिउडमा पाइला चालिन्। यो फिल्म गत महिना अर्थात जुन ३ मा रिलिज भएको थियो। 

मानुषीको यो पहिलो फिल्मले बक्सअफिसमा फ्लप साबित भयो। तर, मानुषीका लागि यो फिल्मले राम्रै ढोका खोलिदियो।

यो फिल्मपछि मानुषीले अन्य दुई फिल्ममा अभिनयको लागि हस्ताक्षर गरिसकेकी छिन्। मानुषीले यो फिल्ममा ‘सम्राट पृथ्वीराज’ रिलिजको केही दिनपछि नै हस्ताक्षर गरेकी थिइन्।

मानुषी चाँडै नै अभिनेता विक्की कौशलका साथ नयाँ फिल्ममा देखिँदैछिन्। यद्यपि, यो फिल्मको आधिकारिक घोषणा गरिएको छैन। फिल्मको निर्माण यशराज फिल्मले गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×