भारत। कुनैबेलाको लोकप्रिय भारतीय टेलिभिजन कार्यक्रम 'महाभारत'का भीमको निधन भएको छ। बीआर चोपडाको महाभारतमा कलाकार प्रवीण कुमार सोबतीले भीमको भूमिका निभाएर सो समयमा निकै चर्चा कमाएका थिए। उनको ७६ वर्षको उमेरमा मंगलवार साँझ निधन भएको हो।
भारतको पञ्जाबका प्रवीणले थुपै चलचित्रमा समेत काम गरेका छन्। साथै उनी राजनीति र बीएसएफसँग आबद्ध थिए। उनले सन् १९८२ मा चलचित्र रक्षाबाट आफ्नो अभिनय यात्रा शुरू गरेका थिए।