आर्थिक उन्नतिका मूल्यमा असर

काठमाडौँ - वैदेशिक रोजगारीले परिवारको आर्थिक उन्नति भए पनि यसबाट मनोसामाजिक, सांस्कृतिक तथा सामाजिक असर देखिएका छन्। 

नेपालमा वैदेशिक रोजगारीको यात्रा लामो भए पनि यसको अध्ययन –अनुसन्धान भने कमै मात्र भएको पाइन्छ। श्रम  मन्त्रालयका लागि २०७६ सालमा गरिएको ‘वैदेशिक रोजगारीको कारण बालबालिकामा परेको प्रभावसम्बन्धी अध्ययन’ प्रतिवेदनले धेरै पाटा केलाएको पाइन्छ। बालबालिका तथा महिला र पुरुष गरी अध्ययनमा २७३ सहभागी भएका थिए। सकारात्मक प्रभावका हकमा परिवारका बाबा वा आमामध्ये कोही एक  विदेश गएपछि परिवारको आर्थिक अवस्था सुधार हुने, भौतिक आवश्यकता सजिलै पूरा हुने, गाउँबाट सहर बजारको विद्यालयमा पढ्न पाइने, विद्युतीय सामग्री सहज रूपमा खरिद गर्न सक्ने, समाज र साथीहरूमाझ अरूभन्दा आफू पनि कम छैन भन्ने महसुस गराएको उल्लेख गरिएको छ। 

नकारात्मक पक्षमा पठनपाठनमा प्रभाव, कुलत-दुर्व्यसनको जोखिम, मानसिक बोझ, अतिरिक्त कार्यभार, बाल र लैङ्गिक हिंसा, बालविवाह, भागी विवाह, बालश्रम शोषण, बलात्कार तथा बलात्कार प्रयास तथा यौनजन्य हिंसा पाइएको उल्लेख गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×