रियल बेटिस कोपा डेल रेको फाइनलमा प्रवेश

काठमाडौँ -  रियल बेटिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा रायो भ्यालेकानोसँग १–१ को बराबरी खेल्दै रियल बेटिस फाइनलमा प्रवेश गरेको हो। 

बेटिसले समग्रमा ३–२ को जित हात पार्‍यो। पहिलो लेगमा ऊ २–१ ले विजयी भयो। बेटिसको घरेलु मैदान बेनिटो भिलामरिनमा सुरुआती अग्रता जोगाउन नसक्दा भ्यालेकानो बराबरीमा रोकिन बाध्य भयो।  ८० औं मिनेटमा वेवीले फ्रिकिकमार्फत गोल गर्दै भ्यालेकानोलाई सुरुआती अग्रता दिलाएका थिए। थप गरिएको समयमा बोर्जा इग्लेसियसले गोल गरेपछि हारबाट जोगिँदै बेटिसले फाइनल यात्रा पक्का गर्‍यो।

रियल बेटिस १७ वर्षपछि अर्थात् २००४/०५ को सिजनपछि पहिलोपटक फाइनलमा प्रवेश गरेको हो। त्यतिबेला ऊ विजेता नै बनेको थियो। बेटिसले उपाधिका लागि २३ अप्रिलमा भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्नेछ। भ्यालेन्सियाले एथलेटिक्स क्लब बिल्वाओलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×