काठमाडौँ - आठौँ धारा नेपालगन्ज म्याराथनको विजेताले १ लाख पचास हजार नगद पाउने भएका छन्। आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार कार्यक्रम गर्दै प्रतियोगिताको नगद पुरस्कार घोषणा गरेको हो।
आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष तथा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले विभिन्न विधाको नगद पुरस्कार घोषणा गरेका हुन्। म्याराथन (४२.१९५ किमी) तर्फ प्रथम हुनेले १ लाख ५० हजार नगद पाउने छन्। त्यस्तै, दोस्रो हुनेले ६० हजार, तेस्रोले ३० हजार, चौथोले १५, पाँचौँले १०, छैटौँले ८, सातौँले ७ र आठौँ हुनेले ६ हजार नगद पुरस्कार पाउने छन्।
त्यस्तै, महिला हाफ म्याराथनतर्फ प्रथमले ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौले ८ हजार, छैटौँले ७ हजार पाउँदा सातौँले ६ र आठौँ हुनेले ५ हजार पुरस्कार पाउने छन्।
पुरुष १० किलो मिटरको खुलातर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ। महिला ५ किमी खुलातर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ७ हजार नगद पुरस्कार दिनेछ।
त्यस्तै विद्यालयस्तरीय ५ किलोमिटर छात्र दौडमा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार पुरस्कार रहेको छ। त्यस्तै, ३ किमी छात्रातर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार पुरस्कार छ। ह्वीलचेयरमा शीर्ष ३ जनालाई १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार रहेको आयोजकले जनाएको छ।
आठौं धारा नेपालगन्ज म्याराथन यही मंसिर २४ गते शनिबार आयोजना हुँदैछ।