नामिबियाले बलिङ रोज्यो, नेपाल ब्याटिङमा उत्रँदै

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेपालविरुद्ध नामिबियाले टस जितेर बलिङ रोजेको छ।

कीर्तिपुर क्रिकेट मैदानमा आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

नेपालले पहिलो खेलमा नामिबियासँग हार ब्यहोरेको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झाका स्थानमा नेपालले करण केसीलाई खेलाएको छ ।

नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी र देव खनाल ।

बेन्चमा :
आरिफ शेख, पवन सर्राफ, गुलशन झा र सूर्य तामाङ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×