काठमाडौँ – नेपाली कांग्रेसको आगामी महासमिति बैठकमा पेस गर्ने प्रस्तावलाई अन्तिम रुप दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भएको छ।
महासमिति बैठकमा थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन्। दुवै प्रस्तावलाई संयुक्त बनाई अन्तिम रुप दिन महामन्त्रीद्वयबीच बैठक भएको हो।
कांग्रेस महासमिति बैठक पुस १६ गतेदेखि १९ गतेसम्म हुँदैछ।