कावासोतीमा चट्याङले लागेर एक महिलाको मृत्यु

काठमाडौं । पूर्वी नवलपरासीको कावासोतीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो कावासोती १४ अग्यौलीका बुद्धिराम महतोको खेतमा धान रोप्ने क्रममा चट्याङले लाग्दा घाइते भएका स्थानीय दिलकुमारी थरुनीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गम्भीर घाइते भएका उनलाई मध्य विन्दु जिल्ला अस्पताल डन्डामा उपचार गरेर थप उपचारका लागि चितवन भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×