काठमाडौँ - बलिउड अभिनेता कार्तिक आर्यनको फिल्म ‘फ्रेडी’ को टिजर सार्वजनिक भएको छ। यस टिजर भिडियोमा कार्तिकको स्टाइल एकदमै फरक देखिन्छ।
यसमा कार्तिक आर्यन डेन्टिस्ट बनेका छन् तर उनी पनि सिरियल किलर जस्तै देखिन्छन्। फिल्मलाई शशांक घोषले निर्देशन गरेका हुन्।
फिल्म डिसेम्बर २ मा ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ।
फिल्मलाई बालाजी टेलिफिल्म्स र नर्दन लाइट्स फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन्।