काठमाडौँ - इटालियन क्लब रोमाले मिडफिल्डर जर्जिन्हो विज्नाल्डमलाई अनुबन्ध गरेको छ। रोमाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट डच कप्तान विज्नाल्डमलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो।
रोमाका प्रशिक्षक जोसे मोरिन्होले यस समरमा पाँचौं खेलाडीको रुपमा उनलाई अनुबन्ध गरेका हुन्।
३१ वर्षीय विज्नाल्डम गत सिजन लिभरपुलबाट पिएसजी भित्रिएका थिए। फ्रेन्च क्लबका लागि गत सिजन ३७ खेल खेलेका उनले लिग वान उपाधि जितेका थिए।