काठमाडौँ - भारतले नौ वर्षपछि पहिलो पटक घरेलु मैदानमा अष्ट्रेलियाविरुद्धको टी-२० क्रिकेट श्रृंखला जितेको छ तेस्रो टी-२० मा ६ विकेटले हराउँदै भारतले श्रृंखला २-१ ले जितेको हो।
भारतले घरेलु मैदानमा सन् २०१३ पटि पहिलो पटक अष्ट्रेलियालाई हराएको हो। यसअघि सन् २०१७-१८ मा १-१ को बराबरी भएको थियो भने सन् २०१८-१९ मा अष्ट्रेलिया २-० ले विजयी भएको थियो।
हैदराबादमा भएको तेस्रो खेलमा अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १८६ रन बनायो। टिम डाभिडले २७ बलमा ५४ तथा क्यामरुन ग्रिनले २१ बलमा ५२ रन बनाए। भारतका अक्षर पटेलले ४ विकेट लिएका थिए।
जवाफमा भारतले १ बल खेल्न बाँकी छँदै ४ विकेटको क्षतिमा जित हासिल गर्यो। प्लेयर अफ द म्याच सूर्यकुमार यादवले ३६ बलमा ६९ रन बनाए। विराट कोहलीले ४८ बलमा ६३ रन जोडे। हार्दिक पाण्डेयाले १६ बलमा अविजित रहँदै २५ रन बनाएका थिए। कप्तान रोहित शर्मा भने १४ बलमा १७ रन बनाउर आउट भए।