कसैले ‘सुपरहिरोइन’ ‘वन्डरवुमन’ जस्तो रोल अफर गरोस्ः अदिती बुढाथोकी

काठमाडौँ - मोडलिङ हुँदै अभिनय यात्रा थालेकी अदिती बुढाथोकी दोस्रो फिल्म ‘बाबरी’को प्रचारमा व्यस्त छिन्। होम प्रोडक्सन फिल्म भएकाले पनि निर्मात्रीको रुपमा उनी दबाबमा हुनु स्वभाविक हो।

अदितीलाई लाग्न थालेको छ, फिल्म बनाउनुभन्दा कठिन फिल्म चलाउनु हो। ‘कृ’ खेल्दा कलाकार मात्र हुँदा दबाब थिएन जति ‘बाबरी’ खेल्दा घरेलु फिल्मको दबाब उनीमाथि छ। अदितीले यो अनुभव सेयर गरिन्।

बाबरीमा उनले अभिनय गरेको चरित्रमा समेत केही भिन्नता छ। यसअघि ‘गर्ल नेक्स्ट डोर’ टाइपको पात्र गरेकी उनी यसमा ‘रिबेलियस’ महसुस छिन्। आफूलाई एक्सन र सुपरहिरोइन टाइपका फिल्म गर्ने धोका रहेको उनले बताएकी छिन्।

‘मलाई वन्डरवुमन टाइपका फिल्म गर्न मन छ। कसैले अप्रोच गरिदिएमा त्यो मेरो भाग्य हुनेछ,’ अदिती भन्छिन्, ‘सुपरहिरोइन कथाका फिल्म गर्ने मन छ।’ तर अदितीलाई यतिबेला रोमान्टिक चरित्रमै प्रस्ताव आइरहेको छ।

अदिती र धीरज मगर स्टारर फिल्म ‘बाबरी’ असोज १४ गते प्रदर्शन हुँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×