काठमाडाैँ - विश्वकप फुटबलमा फ्रान्सका लागि एम्बापेले फाइनलमा उत्कृष्ट प्रदर्शन गरेपनि जित हासिल हुन सकेन। उनले ब्याक टु ब्याक ३ गोल गर्दै अर्जेन्टिनाविरुद्धको खेलमा टीमलाई फर्काएपनि पेनाल्टी सुटआउटमा फ्रान्स पराजित भए।
यसैबीच फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिन पुगेका छन्। पराजयसँगै एमबाप्पेलाई राष्ट्रपतिले मैदानमा पुगेर सान्तवना दिएका हुन्। फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुगेका थिए।
एमबाप्पेको ह्याट्रिकले अतिरिक्त समयको खेल बराबरीमा टुंगिएपनि अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४-२ ले हराएको थियो।