प्रचण्ड निजी निवास खुमलटार सरे

काठमाडौं । प्रधानमन्त्रीबाट पदमुक्त भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवास सरेका छन् ।

संसद्मा विश्वासको मत नपाएका प्रचण्डले शुक्रबार नै बालुवाटार छाडेका हुन् । उनी संसद्बाट विश्वास गुमेपछि राष्ट्रपति कार्यालय शीतलनिवास गएका थिए । त्यहाँबाट उनी सिधैँ खुमलटार लागेका हुन् ।

उनलाई खुमलटारमा स्थानीय संघसंस्थाका प्रतिनिधिले स्वागत गरेको सचिवालयले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×