‘बाढीपीडितका दुःखमा सहयोग गर्नुहोस्’

काठमाडौँ - मेलम्ची बाढी प्रभावित हेलम्बुवासीले यथाशीघ्र सुरक्षित स्थानमा बास र आयआर्जनको कार्यक्रमको माग गरेका छन्।

हेलम्बु बाढीपीडित संरक्षण तथा समन्वय समितिद्वारा चिलाउनेघारीमा आयोजित सरोकारवालाबीचको अन्तक्र्रियामा उनीहरूले यस्तो माग गरेका हुन्। बाढी प्रभावितमध्ये केहीको घर बनाउन जग्गासमेत नभएकाले जग्गा र स्थायी वा अस्थायी घर र आयआर्जनको कार्यक्रमको समेत माग गरेका छन्। हेलम्बु चनौटेका बुद्धराम तामाङले पाँच लाखमा घर बनाउन नसकिने जनाउँदै रकम थप गर्न सरकारसँग आग्रह गरेका छन्।

त्यस्तै, इचोक घर भई गणेशबगरमा बसेकी रामप्रित लामाले आफ्नो भएजति सबै सम्पत्ती बाढीले बगाएको भन्दै स्थानीय सरकारले चासो दिए पनि प्रदेश र केन्द्र सरकारले चासो कम दिएको गुनासो गरे। उनले आफूहरू मेलम्चीको पानी काठमाडौँ पठाउन सदैव तयार रहेको र मेलम्ची खानेपानीले पनि सरकारसँग समन्वय गरी बाढीपीडितको चित्त बुझाउनुपर्ने बताए।

त्यस्तै, स्थानीय शिक्षक भीम कार्की, मेलम्ची भ्याली क्यामपसका अध्यक्ष दीपक लामिछाने, समाजसेवी शिवप्रसाद लामिछाने लगायतले बाढीपीडित राजनीतिक रुपमा विभाजित नभई एकजुट भएर विद्यालय, बाकीँ रहेका घरखेत संरक्षण गर्न र स्थायी आवास पुनःनिमाणमा जुट्नुपर्नेमा जोड दिएका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×