संजय दत्तको हातमा ४०० करोडको चलचित्र

भारत। बलिउडका चर्चित अभिनेता संजय दत्तको हातमा एक ठुलो प्रोजेक्ट परेको छ। करिब ४०० करोडको लगानीमा बन्ने चलचित्रमा अभिनेता संजय दत्त मुख्य भूमिकामा देखिनेछन्। भारतीय सञ्चारमाध्यमक अनुसार संजय महाराजाको भूमिकामा देखिनेछन्। चलचित्र दोस्रो विश्वयुद्धमा आधारित रहनेछ।

बलिउड फिल्ममेकर विकाश वर्माले यो चलचित्रको काम सुरु गरिसकेका छन्। चलचित्र गुजरातका महाराजा जाम साहब दिग्विजयसिंह जी रणजीतसिंह जीको जीवनमा आधारित रहनेछ। दोस्रो विश्वयुद्धको बेला महाराजा जाम साहब दिग्विजयसिंहले रुससँग बचाएर १००० पोलिस बच्चालाई बलाचडी, गुजरातमा शरण दिएका थिए। उनले ति बच्चाको पालन पोषण ९ वर्षसम्म गरे। उनीहरुलाई बस्ने, खाने र पढ्ने लगायतका हरेक आधारभुत आवश्यक्ताको ख्याल राखे।

दर्शकहरुलाई सिनेमाको सबै प्रामाणिक अनुभव दिन चलचित्रको निर्माण पक्ष धेरै मिहिनेत गरिरहेको छ। चलचित्रको हरेक विभाग अनुसन्धानमा लागेको छ। चलचित्रमा संजय दत्तका अलावा गुलशन ग्रोवर, दीपराज राणा, शरद कपूर र नाजिया हुसैनको अभिनय रहनेछ। त्यसैगरि पोल्याण्डका कलाकार एना एडोर, कैट क्रिस्टियन, अन्ना गुजिक, नतालिया बाक, पावेल चेक, सिल्विया चेक, जेरजी ह्याण्डजलिक र जेसेक बिंदा पनि चलचित्रमा देखिनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×