जग्गाको कारोबार ठप्प

काठमाडौँ - ललितपुरका विकास केसीले जग्गा बिक्री गरेर पैसाको जोहो गरी छोरालाई क्यानडा पठाउने योजना बनाए। पैतृक सम्पत्तिबाट आफ्नो अंश लिएको जग्गाबाट आएको पैसाले तत्काल समस्या व्यवस्थापन गर्ने सोचले अंशबन्डा गर्ने भनेर मालपोत कार्यालय पुग्दा उनको काम भएन। 

जग्गा वर्गीकरण नहुँदा काम रोकिएको थाहा पाएपछि उनी समस्या लिएर महालक्ष्मी नगरपालिका गए। नगरपालिकाले तत्काल जग्गा वर्गीकरणको काम हुन नसक्ने बताएपछि छोरा विदेश पठाउने उनको योजना तुहियो। 

यो अवस्था महालक्ष्मी नगरपालिकाको मात्र नभई देशभरिको समस्या बनेको छ। त्यसैले केही समय पर्खनुहोस् भन्ने जवाफ पाएर केसीले घर फर्किएको कुरा सुनाए। 

सर्लाहीकी सङ्गीता तामाङलाई अंशबन्डा गर्न नपाउँदा अप्ठेरो परेको छ। उनी गाउँमा भएको पैतृक सम्पत्तिको अंश लिएर उक्त जग्गा बेची काठमाडौँमा घरजग्गा जोड्ने सोचमा छिन्। अंशबन्डा नहुँदा पारिवारिक किचलो सधैँ रहिरहने भएकाले उनले छिटो व्यवहार मिलाउन खोजेकी थिइन्। 

काठमाडौँको सुन्दरीजलमा रहेको उनको माइतीमा पनि अंशबन्डाले घरायसी झमेला भइरहेको छ। पाँच वर्षअघि ठूलोबुवा बिते तर उनको नाममा भएको जग्गा अंशबन्डा भएर भाइहरूका नाममा आइपुगेको छैन। गोरखापत्र दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×