काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० पुसमा बस्ने तयारी गरिएको छ ।
१४औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने तयारी भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
१४औँ महाधिवेशनमा विभिन्न कलस्टरका लागि भएको निर्वाचनको मतगणना बिहीबार सक्ने तयारी कांग्रेसको छ ।
१४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम आज आउने भएकोले १० पुसमा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भएको मुख्यसचिव पौडेलले बताए ।