काठमाडौँ - फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन स्थायी खेलाडीको रुपमा स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन्।
एट्लेटिकोले सोमबार ग्रिजमनलाई क्याटलान क्लब बार्सिलोनाबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ। पछिल्लो सिजन ग्रिजमनले लोनमा एट्लेटिकोबाट खेलिरहेका थिए। ३१ वर्षीय ग्रिजमनले एट्लेटिकोसँग ४ वर्षको लागि सम्झौता गरेका छन्।
ग्रिजमन सन् २०१९ मा एट्लेटिकोबाटै बार्सिलोना पुगेका थिए। ग्रिजमनले बार्सिलोनाका लागि १०२ खेलमा ३५ गोल गरेका छन्। उनी २०२१ मै लोनमा एट्लेटिको फर्किएका थिए। ग्रिजमनले यो सिजन एट्लेटिकोको लागि १० खेलमा ३ गोल गरेका छन्।