संयुक्त राष्ट्रसंघद्वारा हिंसात्मक आक्रमणको निन्दा

एजेन्सी - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कंगोमा हालै सर्वसाधारण व्यक्तिमाथि भएको हमला र हत्याको कडा शब्दमा निन्दा गरेका छन् । उनले हतियारधारी समूहले निहत्था सर्वसाधारणमाथि गरेको हमलाको निन्दा गर्दै यस्ता कार्य तुरुन्त रोक्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
 
उनका प्रवक्ताले कंगोको इतृुरी प्रान्तको डिजुगु क्षेत्रमा सोमबार आएका हतियारधारीहरुले अकस्मात हमला गरेर कम्तीमा पनि ३८ जनाको ज्यान लिएको घटनाको विज्ञप्तिमार्फत् निन्दा गरिएको छ । सो हमलामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् भने यहाँ मारिएका ३८ जनामा महिला र बालबालिका पनि परेका छन् । 

यसरी सर्वसाधारण नागरिकमाथि विना कुनै कारण हुने गरेका हमला अमानवीय भएकाभे भन्दै महासचिव गुटरेसले यस्ता कार्य रोक्न माग पनि गरेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×