काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको साविक विजेता चेन्नई सुपर किंग्सको कप्तानीमा महेन्द्र सिंह धोनी फेरि नियुक्त भएका छन्। चेन्नईले शनिबार धोनीलाई कप्तान चयन गरेको जानकारि दिएको हो।
शुरुआतदेखि नै कप्तानी सम्हाल्दै आएका धोनीले यसै सिजनदेखि रविन्द्र जडेजाले कप्तानी गर्दै आएका थिए। तर आफू सक्षम नभएपछि जडेजाले ३७ दिनपछि धोनीलाई कप्तानी सुम्पिएका हुन्।
साविक विजेताले जडेजाको कप्तानीमा यस सिजन मात्र २ खेलमा जित निकालेको छ। चेन्नई ८ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ।