काठमाडौँ। नेपाली चलचित्र ‘कठै म त कठै’ को छायाङ्कन सम्पन्न भएको छ। अभिनेता राजेश हमाल मुख्य भूमिकामा रहेको चलचित्रका निर्देशक यादव भट्टराई रहेका छन्। माधव न्यौपानेको गीत तथा कथामा बनेको चलचित्रको छायांकन बुधबार सकिएको हो। महिला हिंसा सम्बन्धि कथा बोकेको चलचित्रमा राजेशका अलावा सुनिशा बजगाईं, उमेश खड्का, लक्ष्मी गिरी र सरिता गिरी मुख्य भूमिकामा देखिनेछन्।