काठमाडौँ। बालबालिकाको गायन रियालिटी शो 'द भ्वाइस किड्स' सिजन १ को उपाधि जेनिश उप्रेतीले जितेका छन्। शनिवार राति सम्पन्न भएको फिनालेमा झापाका उप्रेतीले ८ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेका हुन् । टिम प्रमोदकोमा रहेका उप्रेतीले नगद १५ लाख रुपैयाँ पुरस्कार पाएका छन्। उनललाई मतको आधारमा विजेता घोषित गरिएको हो।