नवौं राष्ट्रिय खेलकुदका लागि तनहुँमा भदौ ९ गतेदेखि खेलाडी छनौट हुने

पोखरा - गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिले यही भदौ ९ गतेदेखि जिल्लास्तरीय खेलाडी छनौट गर्ने भएको छ।

जिल्लाका विभिन्न ठाउँमा खेल सञ्चालन गरी प्रतियोगिताका लागि खेलाडी छनौट गरिने समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिएका छन्। राष्ट्रिय खेलकुद परिषद्बबाट तोकिएका ३६ खेलमध्ये १४ खेलको विशेष प्रशिक्षण र २२ खेलको प्रतियोगिता नै सञ्चालन गरी खेलाडी छनौट गरिने उनले बताएका छन्।

भदौ ९ गते उसुको घिरिङमा, भदौ ९ गते बक्सिङको खैरेनीटारमा र भदौ ९ गते नै क्रिकेटको निर्मल माविमा खेल सञ्चालन गरिने जनाइएको छ। भदौ १० गते फूटबल, भलिबल, ब्याडमिन्टन, एथलेटिक्स, कबड्डीको  दमौली र तेक्वान्दोको खैरेनीटारमा खेल सञ्चालन गरिनेछ।

भदौ ११ गते भलिबल, बास्केटबल, टेबलटेनिस, बुद्धिचाल, र कराँतेको दमौलीमा, आइटिएम तेक्वान्दोको भिमाद र फुल कन्ट्याक्ट कराँतको शुक्लागण्डकीमा खेल सञ्चालन हुने कार्यतालिका सार्वजानिक गरिएको छ।

राष्ट्रिय खेलकुदमा २ प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन्। अधिकांश खेल पोखरामा र केही खेल पोखरा बाहिर गर्ने तयारी छ। प्रदेशका ११ वटै जिल्लामा कम्तीमा १ खेल सञ्चालन गर्ने योजना बनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×