चुनावी प्रतिबद्धतासहित घरदैलो कार्यक्रममा विनोद चालिसे

काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसका पालिका अध्यक्ष उम्मेदवार बनेका विनोद चालिसे आफ्नो चुनावी प्रतिबद्धतासहित घरदैलो कार्यक्रम गरिरहेका छन्। स्थानीय स्तरमा समाजसेवीको रूपमा परिचय बनाएका चालिसेले राजनीतिलाई जनताको सेवाको रूपमा लिएका छन्।

पछिल्लो समय नेपालका राजनीतिक दलहरूले यसैलाई कमाइ खाने भाँडो बनाएकोले राजनीति दिन प्रतिदिन बिग्रँदै गएको उनको बुझाइ छ। नेपाली काँग्रेस देशप्रति इमानदार र नैतिकता भएको पार्टी भएको उल्लेख गर्दै आसन्न स्थानीय निर्वाचनमा आफ्नो दलले धेरै स्थानमा जित्ने दाबी चालिसेको रहेको छ।

वडा ११. कपनको स्थायी वासिन्दा चालिसेले ०४६ सालको जनआन्दोलनबाट आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका हुन्। जिल्ला क्षेत्र नं ४ को क्षेत्रीय समितिको सचिव, नेपाली काँग्रेस काठमाडौं जिल्ला क्षेत्र नं ४ प्रदेश ख समितिको सभापति हुँदै पछिल्लो महाधिवेशनमा बुढानिलकण्ठबाट महाधिवेशन प्रतिनिधि बनेका चालिसेको ०४८ सालमा भएको संसदीय निर्वाचन र ०४९ सालको स्थानीय निकायहरूको निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउन उल्लेखनीय भूमिका रहेको छ।

‘राजनीतिमा शिक्षित तथा युवा’ भन्ने विषय नेपालमा पछिल्ला एक डेढ दशकको सबैभन्दा ठुलो र प्रभावशाली विषय हो। जति राजनीतिमा युवा र शिक्षितको कुरा गरे पनि अझै पार्टीहरूको त्यसलाई कार्यान्वयन गर्न नसकिरहेको परिदृश्यमा चालिसे एक विषयमा स्नातकोत्तर उत्तीर्ण र बिएड सक्काएका छन्। सबैसँग सहजै घुलमिल हुने स्वभावका पाण्डे अत्यन्तै सरल, निडर, हँसिलो, फरासिलो खुलेर बोल्ने स्वभावका छन्। ‘व्यवस्थित सहर, जीवन्त नगर, समृद्ध बूढानिलकण्ठ हाम्रो रहर’ भन्ने चालिसेको नारा रहेको छ।

समग्र बुढानिलकन्ठ नगरपालिकाको विकासको लागि युवा जनजागरण अभियानका सयौँ युवाहरूसँग हातमा हात र काँधमा काँध मिलाई समग्र बुढानिलकन्ठ नगरवासीको सेवामा समर्पित चालिसेले नगरपालिकाको भौगोलिक सामाजिक, धार्मिक, सांस्कृतिक राजनीतिक अवस्थालाई नजिकबाट बुझेका छन्। नगरपालिकाका अपाङ्ग, दलित, महिला, जनजाति लगायतको उत्थान नगरीकन बुढानिलकन्ठको समग्र विकास सम्भव नहुने कुरा उनले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

विनोद चालिसेका ९ प्रतिबद्धताहरू:

१. सेवा प्रवाहमा सुधार र सुशासनयुक्त नगर प्रशासन
२. बस्न लायक सहर, घुम्न लायक नगरको रूपमा पूर्वाधार निर्माण
३. धर्म संस्कृति, कला भाषा, साहित्य
४. शिक्षा तथा स्वास्थ्य
५. स्वच्छ वातावरण, सफा र सुन्दर नगर
६. रोजगारी र उद्यमशीलता; आर्थिक रूपले नमुना नगर
७. आफ्नै पानी आफैँले खानी
८. सबल र सशक्त समाज निर्माण
९. सूचना र सञ्चार, समृद्धिको आधार

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×