काठमाडौँ। नागार्जुनकी भूतपूर्व बुहारी तथा दक्षिण भारतीय अभिनेत्री सामंथा रुथ प्रभु आजकाल मुम्बईमा छिन्। हालै अभिनेत्री सामंथा बलिउड अभिनेता वरुण धवनसंग देखिएकी छिन्। दुवैको एकभिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ,जसमा वरुण धवनले समांथालाई बचाईरहेको देख्न सकिन्छ। वरुणले यसो गरेको देखेर मान्छेहरु मजा मानिरहेका छन्।
यो भिडियोमा वरुण धवन समांथालाई भीड र सञ्चारमाध्यमसँग बचाएर कारसम्म लागिरहेको देख्न सकिन्छ। भिडियोमा वरुण सञ्चारमाध्यमसँग भन्छन् " नडराओ न, किन डराउदैछौ बिचारीलाई?" यसपछी वरुणले सामंथालाई भीडबाट बचाउदै कारसम्म लिएर जान्छन्। यो भिडियो हेरेर मान्छेहरु थरिथरिका कमेन्ट गरिरहेका छन्।