काठमाडौँ। बलिवुड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोराको प्रेमसम्बन्धमा फाटो आएको छ। जोडीले भर्खरै माल्दिभ्समा प्करेमिल छुट्टी बिताएको थियो। जसको हप्ता दिन नबित्दै उनीहरूको ब्रेकअपको भएको खबरले सिने जगत तातेको छ। खबरका अनुसार बलिउड अभिनेता अर्जुन कपुर र उनकी प्रेमिका मलाइका अरोरा छुट्टिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अर्जुन र मलाइका सम्बन्ध टुटाउन अग्रसर देखिएका छन्। करिब चार वर्षसँगै बिताएको जोडीले आफ्नो सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको हो। बलिउड चलचित्र उद्योगमा निकै चर्चा कमाएको जोडी सन् २०१९ देखि सँगै थिए। उनीहरुले आफ्नो सम्बन्धलाई आधिकारिक रूपमा पुष्टि समेत गरेका थिए।