काठमाडौँ। लघुचलचित्र 'हनिमुन' युट्युबबाट सार्वजनिक गरिएको छ। रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको चलचित्रमा विशाल कटवाल र प्रतिभा केसीको अभिनय रहेको छ।
निर्देशक ज्ञवालीको जन्मदिनको उपलक्ष्यमा चलचित्र सार्वजनिक गरिएको हो। उनले यसअघि करिब एक दर्जन लघुचलचित्र बनाइसकेका छन्। चलचित्रमा विजय अर्यालको आवाज, विशाल निरौलाको म्युजिक, योगेश गाजीको ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिंग, राजेन्द्र मोक्तानको कलरग्रेडिंग, शाहिल खान, मिलन श्रेष्ठको सम्पादन र संकल्प भुजेलको छायांकन रहेको छ। राम्रो इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।