प्रधान सेनापति र फ्रान्सेली राजदूतबीच भेटवार्ता

काठमाडौँ - प्रधान सेनापति प्रभुराम शर्मासँग मित्रराष्ट्र फ्रान्सका राजदूत गिल्स बौर्बाेले जङ्गी अड्डामा भेटवार्ता गरेका छन्। सो अवसरमा फ्रान्सेली सेनाका ब्रिगेडिएर जनरल गोफ्री डि लरौजिरेलगायत अन्य पदाधिकारीको समेत उपस्थिति रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको हो।

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसीहित तथा पारस्परिक सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो। यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×