चलचित्र ‘कठपुतली’को ‘यो ज्यान कठपुतली’ बोलको गीत सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र ‘कठपुतली’को गीत सार्वजनिक भएको छ। लोक लयमा आधारित उक्त गीतमा मेलिना राईको आवाज रहेको छ। ‘यो ज्यान कठपुतली’ बोलको उक्त गीतमा दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत रहेको छ। गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला आदि कलाकारहरुको अभिनय रहेको चलचित्रमा एक शाही दरबार र त्यहाँ घटेको  विभिन्न रहस्यहरू तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्ष देखाईएको छ। भिमसेन लामाले निर्देशन गरेको चलचित्र यही पुस १६ गतेदेखि प्रदर्शनमा आउनेछ। सम्पदा मल्लको कथा रहेको चलचित्रका निर्माता पृथ्वी राना मगर रहेका छन्। चलचित्रका सह-निर्माता विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन्।|
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×