काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले पनि देश छाडेका छन् ।मगर दशकभन्दा लामो फुटबल करियरलाई त्यागेर अस्ट्रेलिया पलायन भएका हुन्।
पछिल्लो समय यसरी खेलाडीहरू सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया जाने क्रम बढेको छ । यसअघि स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया गइसकेका छन् ।
उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू थिए। एन्फा एकेडेमीका उत्पादन विमलले नेपालका लागि ४० क्याप जितेका छन्।