काठमाडौँ। लोकप्रिय गायक राम कृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ। 'छुरा धस्ने बानि ' बोलको उक्त गीतमा रमेश एम.के पौडेलको शब्द रहेको छ भने कन्काईस्ट राईको संगीत र साहस शाक्यको संयोजन रहेको छ। गीतको भिडियोमा रोहन नेपाली, झरना रिजाल र सुरेश विश्वकर्माको प्रस्तुती रहेको छ। रामजी लामिछानेको निर्देशनमा तयार भएको गीतको भिडियो 'बोधी एचडी' नामक युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: