नेपाली चलचित्र ‘शमशेर’मा नायक गौरव पहारी अनुबन्धित

काठमाडौं – नेपाली चलचित्र ‘शमशेर’मा नायक गौरव पहारी अनुबन्धित भएका छन्। यस चलचित्रमा उनले रागवको भूमिका निर्वाह गर्नेछन् भने अर्का नायक मनिष राउत ‘शमशेर’को भुमिकामा देखिने भएका छन्। चलचित्रको पहिलो आवरण हेर्दा यी दुई नायकहरु बीचको लडाईलाई चलचित्रमा प्रस्तुत गरिएको अनुमान लगाउन सकिन्छ।

नायक पहारी चलचित्रमा अनुबन्धित भएसँगै चलचित्र निर्माण पक्षले उनको निकै भयान रुपसहितको पोस्टर पनि सार्वजनिक गरेको छ। एक्सन जनरामा बन्न लागेको यस चलचित्र एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण हुन लागेको हो। चलचित्रमा अभिनेत्री भने फाइनल भै नसकेको र अभिनेत्रीको खोजी भइ रहेको निर्माण टिमले जनाएको छ।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×