एमाले उपाध्यक्ष पौडेलसहित चार नेता चीन प्रस्थान

काठमाडौँ - नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वकाे टाेली चीन भ्रमणमा प्रस्थान गरेको छ।

चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन उनी चीन जान लागेका हुन्। एमाले प्रतिनिधिमण्डल टोली हिमालय एयरलाइन्सको कार्गो फ्लाइट मार्फत सोमबार बिहान चीन जान लागेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

एमाले उपाध्यक्ष पौडैल सिहत नेताहरु काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल एक साता चीन भ्रमणमा जान लागेका हुन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×