दुई वर्ष पछि बैशाख १ मा दमकको मञ्चमा गाउँदै नेपथ्य

काठमाडौँ - लामो समयदेखि कन्सर्टहरुमा देख्न नपाइएको लोकप्रिय सांगीतिक समूह नेपथ्यलाई अब भने देख्न पाइने भएको छ। नयाँ वर्ष २०७९ लाई स्वागत गर्दै नेपथ्य करिब दुई वर्षपछि मञ्चमा उभिने भएका हुन्। झापाको दमकमा नेपालयले तयार पारेको एक विशेष सांगीतिक कार्यक्रममा नेपथ्य समूहलाई प्रस्तुति दिइरहेको देख्न पाइने भएको हो। वैशाख १ गते बिहिबार साँझ दमक–९ स्थित सरस्वती माध्यमिक विद्यालय (इटाभट्टा स्कूल)मा नेपाली टचले आयोजना गर्ने कार्यक्रममा नेपथ्य ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुति दिन लागेको हो।

नेपथ्य लाइभ इन दमक शीर्षक राखिएको यो कन्सर्टमा सेलिब्रेटिङ नेपाली न्यू इयर २०७९ उपशिर्षक राखिएको छ। यो कन्सर्टको आयोजनामा नेपाली टजलाई किङ्सटन इन्स्टिच्यूट अष्ट्रेलियाले पनि सहकार्य गरेको छ। ध्रुवतारा स्पोर्टस् क्लबको ३० औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्न लागिएको यो कन्सर्टलाई क्लबले नै व्यवस्थापन गरेको छ।

नेपाली टचले नेपालमा पहिलो पटक कन्सर्ट आयोजना गर्न थालेको हो। यो संस्थाले अष्ट्रेलियाका विभिन्न शहरहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×