पोखरामा मञ्चनकाे तयारीमा नाटक ‘केस नम्बर ३११’

कास्की - पोखरामा नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पूरा भएको छ। पोखरा थिएटरको प्रस्तुतिमा भाेलि शुक्रवारबाट गन्धर्व नाटकघरमा नाटक मञ्चन गरिनेछ। असार ११ गतेसम्म मञ्चन हुने नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको ब्याच ४ र ब्याच ५ का प्रशिक्षार्थीले गरेका छन्।

यो नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा, सुशील बरालले गरेका हुन्। नाटकमा न्यायाधीशको भूमिकामा झलक थापा, इजलास अधिकृतको भूमिकामा सुशील बराल र मनिषा के.सी, सरकारी वकिलको भूमिकामा अदित भुजेल र निजी वकिलको भूमिकामा एलिसा भोगको अभिनय देख्न सकिन्छ।

यसैगरी नाटकमा गोपाल भुषाल, अनामिका रिजाल, प्रतीक राउत, प्रतिभा रिमाल, पाल्मती थापा, कमल तामाङ, दिप्सना विश्वकर्मा र सुरज तिवारी तथा दिव्य अमृतको अभिनय देख्न पाइनेछ। नाटककाे निर्देशनमा अधिवक्ता एवम् लेखक दीपक पराजुलीकाे रहेका छन्। 

हिंसाले पीडितमा पार्न सक्ने मानसिक असरलाई चित्रण गर्ने अभिप्रायले समसामयिक विषयमा नाटक तयार पारिएकाे छ। नाटक हेरिसकेपछि महिला हिंसा र मनोविज्ञानका सम्बन्धमा नयाँ अवधारणा बन्ने विश्वास लिइएकाे छ। 

नाटकमा १९ वर्षीय शिखाले भोगेको हिंसा र हिंसाको कारण उत्पन्न मानसिक अवस्थालाई गहन ढङ्गले प्रस्तुत गरिने छ। नाटक हरेक दिन बेलुका सवा ५ बजे मञ्चन गरिनेछ। यसका अलावा शनिवार र आइतवार दिउँसो १ बजे समेत नाटक हेर्न पाइनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×